सुमार्गीले साडे तीन अर्ब ल्याएको विषयमा अर्थ समितिले मन्त्री र गभर्नर बोलायो

शुक्रबार, फाल्गुन १, २०७१ | १२:२३:१५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन १: व्यवस्थापिका संसदको अर्थ समितिले स्विस बैकमा नेपालीले राखेको झण्डै साडे पाँच अर्ब रुपैया र राष्ट्र बैकले प्रक्रिया नपुगेर रिलिज नगरेको व्यवापारी अजय सुमार्गीको नाममा रहेको साडे तीन अर्ब रुपैयाका बारेमा सोधपुछ गर्न अर्थ मन्त्री रामशरण महत र गभर्नर यूवराज खतिवडााई बोलाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सुमार्गीको नामा राष्ट्र बैकले रोक्का गरेर राखेका ठूलो रकम के कसरी किन आएको भन्ने विषयमा सोधपुछ गर्न मन्त्री र गभर्नरलाई बोलाउने निर्णय गरेको हो ।
‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्बद्ध अधिकारीलाई आइतबार बोलाउने निर्णय भएको छ’ अर्थ समितिका सभापति प्रकाश ज्वालाले डिजिटल दैनिकसँग भने । सुमार्गीको नाममा आएको उक्त रमक नेपाल इन्भेष्टमेन्ट बैकमा जम्म भएपनि राष्ट्र बैकले रोक्का गरेर राखेको छ ।

‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्बद्ध अधिकारीलाई आइतबार बोलाउने निर्णय भएको छ’

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइएसीआईजेले स्वीस लीग नामक प्रोजेक्टमा स्वीटरल्यान्डको एचएसबीसी बैंकमा रहेको कालो धनको सूची सार्वजनिक गर्दा नेपालीको पनि भेटिएको थियो । जसमा नेपालबाट पाँच करोड ४० लाख डलर जम्मा भएको देखाइएको छ ।
उक्त रकम आठ नेपालीको भएको र ती खाताहरु चालू अवस्थामा रहेको बताइए पनि खातावालाको नाम भने सार्वजनिक गरिएको छैन । समितिले यसको विवरण समेत मागेको छ ।
व्यापरी समार्गीले भने व्रिटिश भर्जिन आइजल्णबाट हेल्लो नेपालको नाममा ऋणका रुपमा उक्त रकम ल्याएका हुन ।

प्रतिकृया