अघिल्लो बर्षभन्दा विदेशी मुद्राको संचिति बढ्यो

अर्थतन्त्र सुधारको सकरात्मक संकेत

आइतवार, फाल्गुन ३, २०७१ | १०:४०:०७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं फागुन ३ : विदेशी रुपैयाको संचितिमा  बृद्दी भएर पछिल्लो छ महिनामा मुलकको आर्थिक अवस्था सुधारउन्मुख देखिएको छ ।

अर्थ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा पछिल्लो छ महिनामा विदेशी मुद्दाको संचिति २.४ प्रतिशतले बृद्धि भएको छ । यो आर्थिक बर्षको पछिल्लो छ महिना विदेशी मुद्राको संचिति ६ सय ८१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा झण्डै साडे ५ सयको हाराहारीमा थियो ।
अर्थविद्हरुका अनुसार छ महिनामा २ प्रतिशतभन्दा बढि विदेशी मुद्राको संचितिमा बृद्धि हुनु अर्थतन्त्र सुधारका सकरात्मक संकेतहरु हुन् ।
अर्थ मन्त्रालयाक अनुसार पछिल्लो छ महिनाको विदेशी मुद्राको संचितिले झण्डै ११ महिनाको वस्तु आयत र साडे नौ महिनाको वस्तु तथा सेवा आयतका लागि धान्न सक्छ ।
यो आर्थिक बर्षको (पछिल्लो छ महिना) पुस मसान्तसम्म आयत ३ खर्ब ५७ अर्ब ५६ करोड भएको छ । सोही अवधिमा निर्यात ४३ अर्ब ४३ करोड मात्रै भएको छ । व्यापार खाटा अघिल्लो बर्षको सोही अवधिको तुलनामा घटेको छ ।

प्रतिकृया