५० हजार घूससहित बाराका श्रोत व्यक्ति फक्राउ

बुधबार, चैत्र १८, २०७१ | ०५:३९:२८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत १८ : ५० हजार घूससहित जिल्ला शिक्षा कार्यालय बाराका श्रोत व्यक्ति फक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले बाराको बरियारपुरमा जगदीश कुमार कुशवाहालाई घुस रकम सहित पक्राउ गरेको हो ।

गञ्जभवानीपुर-९ को अल्पाइन बोर्डिङ स्कुललाई अनुमति सिफारिस गर्दा घूस लिएको सुराकीका आधारमा कुशवाहालाई उनकै घरबाट पक्राउ गरेको अख्तियारका सूचना अधिकृत महेन्द्रनाथ भट्टराईले जानकारी दिए ।

प्रतिकृया