करेन्ट लागेर ४ जनाको मृत्यु

शनिबार, चैत्र २१, २०७१ | १२:२५:४६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Janakpur.10

जनकपुर, चैत २१ : जनकपुरमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ। जनकपुर १६ स्थित मनोज यादवको निर्माणाधीन घरमा काम गरिरहेका चार मजदुरको करेन्ट लागेर मृत्यु भएको हाम्रा संवाददाताले जनाएका छन्।

निर्माणाधीन घरको सेफ्टी ट्यांकी नजिकै काम गरिरहेका उनीहरुलाई करेन्ट लागेको थियो। जमिनमुनि रहेको उक्त निर्माणधीन ट्यांकीको सेटिङ खोल्न जाँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषा बेंगाशिवपुर-१ का २६ वर्षीय सुनिला दास, सोही ठाउँका २६ वर्षीय मिलन मण्डल खत्बे र बेंगाशिवपुर-३ का ३० वर्षीय श्याम मुखिया रहेका छन्। मृतक अर्को एक जनाको भने सनाखत हुन सकेको छैन्।

दुर्घटनाबारे थाहा पाएर गएको प्रहरीले सेफ्टी ट्यांकी फोरेर प्रहरीले उनीहरुको शव निकालेको थियो। प्रहरीका अनुसार पानी रहेको ट्यांकीभित्र छिरेर ढलान गरिएका काठहरु निकाल्ने क्रममा देखाइरहेको बत्ति पानीमा खसेपछि करेन्ट प्रवाह भएको हो।

प्रतिकृया