मोटरसाइकलमा घुम्दै महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ

शनिबार, चैत्र २१, २०७१ | ०४:०९:०७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २१ : मोटरसाइकलमा घुम्दै विभिन्न स्थानमा महिलाहरुको सिक्री लुट्ने एक गिरोह पक्राउ परेको छ ।

उक्त गिरोहलाई महागरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

मोटरसाइकलमा दुईजना चढेर आउने र भित्री सडकमा पैदल हिड्ने महिलाहरुको सिक्री लुट्ने काममा उनीहरु सक्रिय रहेको अपराध अनुसन्धान महाशाखाका प्रहरीले जनाएको छ ।

अभियुक्तहरु मोरङका सन्तोष कटवाल, काभ्रेका राजकुमार तामाङ, झापाका बिदुर दाहाल,इलामका प्रेमकुमार सेन्चुरी र सप्तरीका रामहरी श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथैबाट ८ तोला ७५ लाल सुनका गरगहना, ३ लाख ३४ हजार नगद र लुटपाटमा प्रयोग भएको बा २५ प ८६७६ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रतिकृया