गतिशिल र ‘मोविलिटी हाई’ भएको व्यक्ति शेरबहादुर देउवानै हो : कांग्रेस नेता बस्नेत

बुधबार, फाल्गुन १९, २०७२ | ०८:५९:५५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

IMG_6779

कांग्रेसको महाधिवेशनलाई कसरी हेर्दै हुनुहुन्छ ?

महाधिवेशन अत्यन्तै चुनौतीपूर्ण अवस्थामा भैरहेको छ । यो कांग्रेसको जीवनमा एउटा महत्वपूर्ण घडी हो । यो परिस्थीतीको जुनसुकै ढंगबाट कांग्रेसले समाना गर्नुपर्दछ । त्यो हिसावले संविधान जारी भएपछि हुन लागेको कांग्रेसको महाधिवेशन अत्यान्त महत्वपूर्ण छ ।

तपाईको पार्टीमा नीति र कार्याक्रममा त्यति धेरै वहश भएको देखिदैन नी ?
बहस त्यती धेरै भएको जस्तो म देख्दीन । किनभने वर्तमान कांग्रेस नेतृत्व जुन विभिन्न विषयहरुलाई गहन जिम्मेवारीका साथ लिने गरेको देखेको छैन । महाधिवेशन नीति तथा कार्यक्रम होईन नेतृत्वका लागि चुनाव मात्रै हुने हो कि जस्तो देखिएको छ । यसलाई अहिलेको नेतृत्वले गम्भीरताका साथ लिन नसकेको भान भैरहेको छ । निति तथा कार्यक्रमलाई गम्भीरताका साथ लिईएको देखिँदैन । तर यो कुरा के हो भने मुलुकको जे परिस्थीती छ, राजनितिक परिस्थीती र परिवेश अनुसार नेपाली कांग्रेसले निति तथा कार्यक्रम बनाउने कांग्रेसको इतिहाँस छ । तर मुलुको राजनीतिक परिस्थति एउटा जटिल मोडमा उभिएको छ । अब कांग्रेसले एउटा ठुलो तथा ऐतिहाँसि जिम्मेवारी बोकेको पार्टी भएकाले सबै परिस्तिथिको सामना गर्न तयार हुनुपर्दछ ।

महाधिवेशकै मुखमा सभापति कोईरालाको निधन भएको छ, अब कांगे्रसलाई गतिशिल बनाउन कस्तो नेतृत्व आवश्यक पर्ला जस्तो तपाईलाई लाग्छ ?
अब स्वभाविक रुपमा हामीसँग धेरै बिकल्प छैन । त्यस्तो भाईबे्रन्ट नेतृत्व आउने भन्ने परिस्थीति हामीसँग छैन । अब हामीसँग भएकै वर्तमान नेतृत्व तहबाट एकजना सभापति चुनिने हो । यसमा धेरै कारणहरु मुलुकको परिस्थीती सबै कुराहारुलाई हेर्दा सुशिल कोईलापछि त्यस्तो गतिशिल र मोविलिटी हाई भएको व्यक्ति शेरबहादुर देउवानै हुनुहुन्छ । त्यसैले अबको सभापति शेरवहादुर देउवाको विकल्प छैन । यो महाधिवेशनले अप्रत्यासित ढंगबाट उहाँ बाहेक त्यस्तो नयाँ नेतृत्व आउला भन्ने मलाई कत्ति पनि लाग्दैन । त्यसैले जुन ढंगको राष्ट्रिय र अन्तराष्ट्रिय छवि र सम्बन्ध शेरवहादुर देउवासँग छ, उहाँबाहेक अर्को नेतासँग त्यो क्षमता भएको मैले देखिरहेको छैन ।

अहिलेको चुनौतिको सामाना गर्न शेरबहादुर देउवासँग त्यस्तो के क्षमता छ ?
यो संक्रमणलाई कुनै पनि टकराव बिना अगाडी लैजान सक्ने क्षमता उहाँसँग छ । उहाँसँग राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितीहरुको र संक्रमणहरुको व्यवस्थापन गर्ने राम्रो अनुभव पनि छ । हामीले देखेका छौं २०४७ सालमा संविधान ल्याउन कृष्णप्रसाद भट्टराईसँग जुन खालको संयमता थियो, त्यस्तै संम्यमता शेरबहादुर देउवासँग पनि छ । त्यसैले हरेक खालको संयमता अपनाएर अगाडी आउन सक्ने क्षमता मैले उहाँमा देखेको छु । अहिले भैरहेको राजनैतिक नेतृत्व तहमा स्वभाविक रुपमा संयमता भएको नेता भनेको शेरबहादुर नै हो । संक्रमणकालमा एउटा नेतृत्वमा हुन पर्ने आवश्यक गुण उहाँमा छ ।

अहिले कांगे्रसमा सभापतिका लागि संस्थापन पक्षबाट पनि धेरैको नाम जोडिएको छ । खास के कारणले गर्दा सभापतिमा आंकाक्षा बढेको हो ?
अहिले कांग्रेमा सभापति हुनका लागि जुन खालको आकांक्षा देखिएको छ । त्यो संस्थागत भन्दा पनि व्यक्तिगत आकांक्षा हो जस्तो मलाई लाग्छ । पार्टीमा कतिपय साथीहरुलाई व्यक्तिगत महत्वकांक्षले छोपेको छ । अहिलेको समस्या भनेको उस्तै उस्तै उमेर समुहका साथिहरुका बिचमा कसैले मलाई उछिन्छ कि भन्ने छ । ऊ भयो भने म किन नहुने भन्ने जस्तो प्रवृत्ति पनि छ । तर म के भन्छु भने यसरी भन्दा पनि एउटा सुझबुझका साथ परिस्थिती नियाल्न सक्ने व्यक्ति कांग्रेसको नेतृत्वमा हुनुपर्छ । अब सिनियरीटी हेर्ने हो भने शेरबहादुर देउवा भनेको तीन तीन पटक प्रधानमन्त्री भैसकेको व्यक्ति हो । उहाँसँग भएको अनुभव तुलनात्मक हिसावले को सँग जोडेर हेर्ने त ? त्यसैले मलाई लाग्छ, पार्टीमा सबै पक्षलाई समेट्ने हो एक ढिक्का बनाउने हो भने शेरबहादुर देउवा सभापति र रामन्द्र पौडेल प्रधानमन्त्री बन्ने हो भने लगभग धेरै भन्दा धेरै जटिलताहरुबाट पार्टीलाई गतिशिल बनाउन सकिन्छ । अब सिनियरीटी नै हेर्ने हो भने उहाँ स्वतः सिनियर हो । यसमा विवाद गर्न जरुरी छैन । त्यसैले अरु रामचन्द्र जी, सिटौला जी, शसांक जी, सुजाता जीहरु सबै शेरबहादुर देउवाकै साझा अम्बे्रलामा अटाउनु पर्छ, अटाउनुहुन्छ भन्ने मलाई लाग्छ ।

नयाँ संविधान अनुसार कांगे्रसले आफ्नो सांगठनिक स्वरुपलाई पनि फेर्नु पर्ने हुन्छ । प्रादेशिक संरचना लगायतका कुराहरुमा के कस्ता परिवर्तन आवश्यक छन् जस्तो लाग्छ ?
मलाई लाग्छ कांग्रेस अब प्रस्ट भएर प्रदेशलाई एउटा शासनको ईकाइका रुपमा लिनुपर्छ । प्रदेशमा अत्यन्तै छिटो छरितो ढंगबाट न्यायको बितरण हुनुपर्छ । विकासको संभावना द्रुत गतिमा हुन सक्छ, केन्द्रिंकृत शासन व्यवस्थामा भएका कमि कमजोरीहरुलाई पनि यसले सच्याउन सक्छ भन्ने कुरा बुझ्नु बुझाउनु जरुरी छ । अन्त्यमा शासन प्रकृयाको नेतृत्वमै कांग्रेस जाने भएकाले यसतर्फ अत्यन्तै गम्भीर ढंगबाट संरचनाहरु निर्माण गरेर लाग्नुपर्छ । यद्यपी यतातर्फ अहीलेको नेतृत्वले प्रादेशिक संरचना, त्यहाँबाट हुने प्रतिनिधित्व, त्यसको बाँडफाँड जस्ता कुरामा ध्यान दिन नसकी रहेको कुरालाई स्वीकार्नै पर्छ ।

भर्खरै बनेको संविधानप्रति असन्तुष्टी देखाउँदै तराईमा रहेका केही दलहरुले आन्दोलन गरे, यसैलाई नै कारण देखाएर भारतले ४ महिना भन्दा लामो नाकाबन्दी समेत लगायो अब तराईमा देखिएको समस्या के हो र यसलाई कसरी समाधान गर्नुपर्ला ?
तराईमा देखिएका कतिपय मागहरु सहि छन् भने कतिपय मागहरु प्रायोजित पनि छन् । यो बिचमा म पनि तराई गएँ र तराईमा मध्येमार्गी मानिसहरुको संख्या एकदमै ठुलो छ भने केही निश्चित मानिसहरु जो प्रायोजित छन् तिनिहरुको ‘भ्वाईलेन्ट एटिच्युट’ चाहीँ अलि फरक छ । जुन मधेसको चाहनासँग मेल खाँदैन, जुन कुरा मधेसी मोर्चा र त्यहाको अन्य परिस्थीतीले पनि स्पष्ट गर्न सकेको छैन । वास्तवमै मधेसमा हुन नसकेको विकास र भनिएको जस्तो विभेद नभएको भन्ने जस्ता कुराहरु छन् नि, त्यसलाई संविधानमा के के व्यवस्था छ भनेर वास्तविक मधेसीलाई बुझाउन नसक्नु अहिले दुःखद् कुरा हो । केन्द्रिकृत राज्य व्यवस्था, भष्ट्र नेतृत्व जस्ता कुराहरुले पनि मधेसी जनताले नेपालको भलो चाहन्छन्, राष्ट्रवादी मान्छेहरु त्यहाँ ठुलो संख्यामा छन् भन्ने कुरालाई पनि स्थापित गर्न नसक्नु अत्यन्तै बिडम्बनाको कुरा हो ।

अन्त्यमा तेह्रौ महाधिवेशनमा तपाईको उम्मेदवारी कुन पदामा र के का लागि ?
म १ नम्बर प्रदेशबाट केन्द्रिय समिति सदस्यको पदमा उम्मेदवारी दिँदै छु । म के चाहन्छु भने, पार्टी एकतावद्ध हुनुपपर्यो, कृयाशिल हुनुपर्यो, संगठन मजबुद हुनुपर्यो, पार्टीमा व्यापक नितिगत सुधार हुनुपर्यो, साम्यवादी चलखेल यहाँ मौलाउँदै गएको छ । त्यसैले प्रजातन्त्र/लोकतन्त्रलाई जीवन्तता दिन आवश्यक छ । युवाहरु पार्टीमा आकर्षित छन्, यसरी पार्टीको मुल्य र मान्यतालाई बुझ्न सक्ने जिम्मेवार युवा लगायत, युवा बिचार भएका मानिसहरुको उचित व्यवस्थापन गर्दै लोकतन्त्रलाई संस्थागत गर्नका लागि म सधै तत्पर रहनेछु । यसैका लागि मैले केन्द्रिय कार्यसमिति पदको सदस्यमा उम्मेदवारी दिन लागेको हुँ ।
प्रस्तुती : दिनेश आचार्य

प्रतिकृया