अन्तर्वार्ता : पार्टीका कुनै पनि पद रिक्त राख्दिन, सबैले जिम्मेवारी पाउँछन् : शेरबहादुर देउवा

शनिबार, फाल्गुन २९, २०७२ | ०१:३१:१६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

06032016110201photoANG_7889-1000x0

झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिया रहदै आएका शेरबहादुर देउवा कांग्रेसको तेह्रौ महाधिवेशनबाट सभापतिमा निर्वार्चित भएका छन् । सभापति निर्वार्चित भएपछि देउवासँग डिजिटल दैनिकका विषेश संवाददाताले गरेको अन्तर्वार्ताको सम्पादति अंश :

 

सभापतिमा निर्वार्चित हुदा कस्तो अनुभव भैरहेको छ ?

यो हाम्रौ पार्टीको आन्तरिक चुनाव हो । त्यसैले यसमा धेरै खुशी र दुखी हुनुपर्ने छैन । तर मुलुकको सबैभन्दा ठूलो पार्टीको सभापति निर्वार्चित हुदा स्वभाविक रुपमा जिम्मेवारी बढेको अनुभव भैरहेको छ ।

अव के छ त तपाईको कांग्रेस चलाउने फरमुला ?
पार्टी भनेको ‘टिमवर्क’ हो । सबै मिलेर चलाउने हो । तर पनि म सभापति भएको नाताले यसअघि लामो समय पेन्डिङमा रहेको कामहरु पुरा गर्ने तयारी गरिरहेको छ ।

के के काम छन् पेन्डिङमा ?
सबैभन्दा पहिला त भातृ संस्थाको अधिवेशन नभएको एक दशक हुन लाग्यो । त्यसैले जतिसक्दो छिटो भातृ संस्थाको अधिवेशन गराउनुपर्छ । भातृ संस्था भनेको कांग्रेसका नर्सरीहरु हुन्। उनीहरुलाई चलयमान बनाउन सकिएन भने कांग्रेस कसरी बन्छ ? त्यसैले महाधिवेशन गर्न बाँकी रहेको तरुण दल, महिला संघ, नेविसंघ लगायतको अधिवेशन ६ महिनादेखि बर्षदिनभित्र सम्पन्न हुन्छ ।

तपाईको निर्वार्चित केन्द्रीय सदस्यहरुमा बुहमत पुग्छ ?
जहासम्म अहिलेसम्म सार्वजनिक भएका मतगणनाका परिणामहरु छन्, तिनिहरुले सुविधाजनक बहुमतको अवस्थामा मलाई पु¥याएको छ । तर म बहुमतका आधारमा कसैलाई पनि काखा र पाखा गर्नेछैन । आन्तरिक प्रतिस्पर्धामा हारजित त भैहाल्छ नी । अव हामी सबै एक भएर पार्टीलाई अझ प्रभावकारी र सुदृण बनाउनु जरुरी छ । त्यसको लागि म अभियानै सुरु गर्ने तयारीमा छु ।

के अव कांग्रेसमा रहेको ६० र ४० को भागवण्डा अन्त्य भएको हो ?
त्यो अवस्थामा अव पार्टी छैन । अव सय प्रतिशतको कांग्रेस बनेको छ । यसले अव भागवण्डाका आधारमा होईन, नेता तथा कार्यकर्ताको योग्यता, क्षमता र योगदानका आधारमा पार्टीभित्र मुल्यांकन हुन्छ । म सबैलाई न्याय हुनेगरी मुल्यांकनको पद्धती बनाउदै छु ।

सभापतिमा तपाईसँग पराजित हुनु भएको रामचन्द्र पौडेललाई कसरी समेट्नु हुन्छ ?
मैले अघिनै भने, पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित र हार हुनु स्वभाविक हो । उहाँ पार्टीको ‘सिनियर’ नेता हो । उहाँको त्यही अनुसारको पार्टीमा भूमिका हुन्छ ।

सभापतिका अर्का उम्मेदबार कृष्णप्रसाद सिटौलालाई कसरी समेट्नु हुन्छ त ?
उहाँको पनि पार्टीमा ठूलो योगदान छ । पदाधिकारीमा पराजित सबैलाई छिट्टै जिम्मेवारी दिन्छु ।

भनेपछि पदाधिकारी पराजित भएका सबै केन्द्रीय सदस्यमा मनोनित हुन्छन ?
निश्चित रुपमा । उहाँहरु पदाधिकारीमा उठेको व्यक्ति सबै केन्द्रीय सदस्यका लागि योग्य मात्रै होईन, पार्टीलाई आवस्यक पनि छ । त्यसमा म प्रतिवद्ध छु् । उहाँहरुले कांग्रेसमा अझै धेरै काम गर्न बाँकी छ । त्यही भएर उहाँको पार्टीभित्र महत्वपूर्ण भूमिका हुन्छ र पाउनु हुन्छ ।

तपाई सभापति भए लगत्तै सरकार परिवर्तनका हल्ला चल्न थालेका छन् नी ?
सरकार परिवर्तन हुन प्रधानमन्त्री संसदमा अल्पमतमा पुर्नपर्छ । कसैले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने त्यो अवस्था आउला ।

कांग्रेसको संसदीय दलको नेता पनि रिक्त छ, कहिले हुन्छ चुनाव ?
केन्द्रीय समितिका सबै मतगणना सकिएपछि सकभर चाडैनै दलको नेता चयन हुन्छ । त्यसका लागि सकभर सर्वसम्मत गराउने गरी ‘सिनियर’ साथिहरुसँग छलफल गर्नेछु ।

पार्टीको केन्द्रीय विभाग र केन्द्रीय सदस्यहरु कहिले मनोनित हुन्छ ?
बढिमा दुई महिनाभित्र सदस्य मनोनय र केन्द्रीय विभाग गठन भैसक्छ । म पार्टीलाई चलायमान बनाउने छु । कुनै पनि पद रित्त हुदैन । सबै साथिहरुले काम गर्ने ठाउँ पाउनु हुन्छ ।

प्रतिकृया