आफ्ना सभासद्लाई उपत्यका बाहिर नजान कांग्रेसको ह्विप

शुक्रबार, असार ३१, २०७३ | ०४:५४:४८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, असार ३१: नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरूलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान दिर्देशन दिएको छ।

‘सम्माननीय सभामुखज्यूले व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश मिति २०७३ श्रावण ६ गते विहिबार विहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएकोले सम्पूर्ण माननीय सदस्यज्यूहरु आजकै मितिदेखि काठमाडौं–उपत्यका बाहिर नजानहुन र बाहिर जिल्ला वा विदेशमा रहनु भएका माननीय सदस्यज्यूहरुको हकमा आउदो श्रावण २ गते आईतबारसम्म नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक हचिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया