दुई लाख ५० हजार घुससहित अधिकृत अख्तियारको फन्दामा

शुक्रबार, असार ३१, २०७३ | ०५:००:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, असार ३१: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ।

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ।

प्रतिकृया