जब अध्यक्ष प्रचण्डले ‘माईतीघर आएजस्तो भो’ भने !

शुक्रबार, असार ३१, २०७३ | ०५:२६:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, असार ३१: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनले खुलामञ्चमा गरेको रिले अनसनमा ऐक्यवद्धता जनाएका छन्। prachanda

सरकारबाट बाहिरिने निर्णय गरेसँगै ऐक्यवद्धता जनाउन खुलामञ्ज पुगेका प्रचण्डले आफुलाई माइती घर आएजस्तो लागेको बताए। ‘यो आन्दोलन मैले नै जन्माएको थिएँ, अहिले फेरि म यहीँ आएको छुु’ उनले भने ‘म यहाँ आउँदा घरबाट माइती आएजस्तो लागेको छ।’

उनले अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा संघीय गठबन्धनको आन्दोलनको ठूलो भूमिका रहेको भन्दै नयाँ परिस्थितिमा सँगसँगै अगाडि बढ्न गठबन्धनमा आवद्ध दलहरुलाई आग्रह गरे।

दाहालले संविधान संशोधन मार्फत गठबन्धनले राखेका मागहरु पूरा गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए।

प्रतिकृया