राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान, निर्वाचन गराउनुपर्नेमा जोड

मङ्लबार, कार्तिक १६, २०७३ | ०५:३३:५९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, कात्तिक १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् ।???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएकी हुन् । साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरेकी हुन् । भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन् ।

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिइन । रासस

प्रतिकृया