भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

मङ्लबार, कार्तिक १६, २०७३ | ०५:५०:२८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, कात्तिक १६ : पाकिस्तानको आक्रमणमा परी भारतीय सेनामा कार्यरत नेपाली नागरिक विमल तामाङको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार जम्मु कश्मिरको रजौरी क्षेत्रमा सीमामा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा तामाङको मृत्यु भएको हो। सुनसरी धरान स्थायी ठेगाना भएका तामाङ बीस वर्षका थिए । भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए ।

करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्। उनीहरुलाई भारतले सबैभन्दा जोखिमपूर्ण पाकिस्तानसँगको युद्धमा परिचालन गर्दै आएको छ।

प्रतिकृया