लोकमान प्रकरणसँग संविधान संशोधन प्रस्तावमा लेनदेन गर्ने रणनीतिमा एमाले

मङ्लबार, मंसिर १४, २०७३ | ०८:२५:२५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर १४ : संविधान संशोधन आवस्यक छैन भन्दै बाहिर चर्को कुरा गर्दै आएका एमाले अध्यक्ष केपी ओलीले लोकमान प्रकरणसँग संशोधन प्रस्ताव लेनदेन गर्ने विषयमा कांग्रेस र माओवादीका शिर्ष नेताहरुसँग आग्रह गर्दै आएका छन् ।

एमालेका केही नेतालाई भ्रष्टचारको आरोपमा पक्राउ गर्ने तयारी गरिरहेका बेला एमालेको अगुवाईमा लोकमान विरुद्ध संसदमा माहाअभियोग प्रस्ताव दर्ता भएको थियो । एमालेले आफ्नो अगुवाईमा दर्ता भएको उक्त प्रस्ताव पारित गराउन संविधान संशोधनसँग ‘बार्गनिङ’ गरिरहेको छ ।

‘तीन दलका शिर्ष नेताहरुको बैठकमा ओलीजीले सबैभन्दा पहिला लोकमानको विषयमा पनि सहमति गरौ भन्ने प्रस्ताव ल्याउनु हुन्छ’ ति बैठकमा सहभागि हुदै आएका एक नेताले डिजिटल दैनिकसँग भने, ‘उहाँ लोकमानमाथिको महाअभियोग प्रस्ताव पारित गराउने सहमति गरेर मात्रै संविधान संशोधनमा सहमति गराउनेमा हुनुहुन्छ ।’
स्रोतका अनुसार ओलीले लोकमानमाथिको महाअभियोग प्रस्ताव पारित गर्ने सहमति पहिला गरेपछि मात्रै संविधान संशोधन प्रस्तावमा आफ्नो दलले समर्थन गर्ने अनौपचारिक प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष पठाएका छन् ।

प्रतिकृया