डा केसीको समर्थन बढ्दो,इमर्जेन्सी बाहेक सम्पूर्ण स्वास्थ्य सेवामा सामेल नहुने घोषणा

मङ्लबार, मंसिर १४, २०७३ | ०१:१२:४५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १४: आमरण अनशनरत डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता र पूर्ण समर्थन रहेको जनाउदै जिल्ला अस्पताल उदयपुरले इमर्जेन्सी बाहेक सम्पूर्ण स्वास्थ्य सेवामा सामेल नहुने घोषणा गरेको छ ।

अनसनको १७ औ दिन भइसक्दा समेत सम्बन्धित निकायबाट कुनै ठोस कदम नआएकाले डा केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य भएको जिल्ला अस्पताल उदयपुरका सम्पूर्ण स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका आवासीय चिकित्सकहरुले भरतपुर अस्पतालमा इमर्जेन्सी बाहेकका सेवन नदिने भएका छन् । आवासीय डाक्टरहरुले विज्ञप्ति जारी गर्दै डा केसीको मागमा समर्थन जनाउँदै इमर्जेन्सी बाहेकका सेवामा सहभागि नहुने जानकारी दिएका हुन् ।
केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनका सहयोगीले जनाएका छन् । उपकुलपति र डिनलाई बर्खास्त नगरेसम्म अनशन स्थगन नगर्ने डा केसीले अडान राख्दै आएका छन् ।

15211692_1250625531626066_1737719265_n (1) udayapur hosp le sewa

प्रतिकृया