ब्रजिलका खेलाडीसहित ८१ जना सवार विमान दुर्घटनाग्रस्त

मङ्लबार, मंसिर १४, २०७३ | ०१:३०:२५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १४: ब्रजिलको एउटा फुटबल क्लबका खेलाडीहरुसहित ८१ जना सवार विमान कोलम्बियाको मेदेइननजिकै दुर्घटनाग्रस्त भएको विभिन्न विदेशी सञ्चारमाध्मले जनाएका छन् ।

बोलिभियाबाट उडेको उक्त विमान भाडामा लिइएको थियो र त्यसमा ब्रजिलको च्यापेकोयन्से फुटबल क्लबका सदस्यहरु चढेका थिए । उक्त टोलीले एउटा फुटबल प्रतियोगिताको उपाधिका लागि मेदेइनको टिम एटलेटिको न्याशनलसंग भिड्ने योजना थियो ।
उक्त विमान स्थानीय समयअनुसार मध्यरातको केहीअघि मात्रै मेदेइननजिकैको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो । यसबारे अझै यकीन विवरण प्राप्त भइसकेको छैन ।

_92706618_colombiamedellin464

प्रतिकृया