‘जात्रा’हेरेपछि राजेश हमालले यसो भने

मङ्लबार, मंसिर १४, २०७३ | ०२:२३:१७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Captureकाठमाडौँ, मंसिर १४ बक्स अफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘जात्रा’ हेरेपछि महानायक राजेश हमालले फिल्म असाध्यै राम्रो लागेका प्रतिक्रिया दिए ।

नायक हमालले पत्नी मधु भट्टराई लिएर फिल्म हेर्न कुमारी हल पुगेका थिए । चलचित्रको कथाले आफूलाई अन्तिमसम्म नै बाँधेर राखेको बताए ।
नायक हमालले भने,‘निकै मज्जाले हँसायो, दर्शकहरुले पनि निकै मनोरञ्जन लिएको पाएँ ।’ उनले चलचित्र हेरिसकेपछि आफूलाई ‘जात्रा २’को प्रतिक्षा रहने बताएका छन् ।
जात्रालाई विभिन्न क्षेत्रका मानिसले हेरेर राम्रो प्रतिक्रिया दिएका छन् । जसको कारण स्टारकास्ट भएको ‘पुरानो डुङ्गा, डीअर जिन्दगी’जस्ता चलचित्रले समेत खासै असर पार्न सकेका छैनन् । जात्राको माउथ पब्लिसिटि बढि छ । जात्रा तेस्रो हप्तामा चलिरहेको छ ।

प्रतिकृया