डा केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा कुरा उठाउछु: मन्त्री थापा

मङ्लबार, मंसिर १४, २०७३ | ०२:५८:५५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १४: स्वास्थ्यमन्त्री गगन थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताए । उनले डा केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने आवश्वासन दिएको डा केसीका तर्फबाट वार्ता समिति सदस्य डा जीवन क्षेत्रीले जानकारी दिए ।
डिन सिंहसँगको भेटमा विद्यमान परिस्थितिको निकासबारे छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुनै नसकेको वार्ता समिति सदस्य डा क्षेत्रीले बताए ।
यता, अनशनरत डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । उनको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने उनले जानकारी दिए ।

प्रतिकृया