विमान दुर्घटनामा ब्राजिलका फुटबल खेलाडीसहित ७६ को मृत्यु

मङ्लबार, मंसिर १४, २०७३ | ०४:५६:४३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

कोलम्बिया, मंसिर १४: ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ । कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा ७६ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन् ।

brazil-plane-crash (1)ला सेजा सहरका मेयर इल्कीन ओसोरिओले उद्धारकर्ताहरुले ७६ जनाको शव भेटेको र पाँच जना जिवितै भेटिएको जानकारी दिए । बोलिभियाबाट उडेको उक्त विमान भाडामा लिइएको थियो र त्यसमा ब्रजिलको च्यापेकोयन्से फुटबल क्लबका सदस्यहरु चढेका थिए ।
उक्त टोलीले एउटा फुटबल प्रतियोगिताको उपाधिका लागि मेदेइनको टिम एटलेटिको न्याशनलसंग भिड्ने योजना थियो ।
अब उक्त खेल स्थगित भएको छ ।

PAY-Alan-Ruschel-first-survivor-in-Colombia-plane-crash

प्रतिकृया