संविधान संशोधन प्रस्ताव सकारात्मक : मधेसी मोर्चा

बुधबार, मंसिर १५, २०७३ | ०९:०५:२५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर १५ : संविधानका विषयमा असन्तुष्टि राख्दै आन्दोलनरत सयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव सकरात्मक रहेको जनाएको छ ।

प्रस्ताव दर्ता भएपछि मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रीक पार्टीका सहअध्यक्ष ह्देश त्रिपाठीले संशोधन प्रस्ताव सकरात्मक रहेको प्रतिक्रिया दिएका हुन् । ‘संशोधन प्रस्ताव दर्ता हुन सकरात्मक हो’ त्रिपाठीले डिजिटल दैनिकसँग भने, ‘यद्यपी हामीले उठाएका कतिपय मागहरु समेटिएका छैनन ।’
मोर्चाले संशोधन प्रस्तावमा समर्थन गर्ने जनाउदै त्यस विषयमा औपचारिक धारणा बनाउन आज बैठक बस्दैछ । स्रोतका अनुसार मोर्चाले सरकारले पेश गरेको संशोधन प्रस्तावमा समर्थन गर्दै त्यसमा पनि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिकृया