देश अब निर्वाचनतिर अघि बढ्छ: प्रधानमन्त्री

बुधबार, मंसिर १५, २०७३ | १२:४०:२३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १५: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि देश अब निर्वाचनतिर अघि बढ्ने बताएका छन् ।

बुधबार बालुवाटारमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताए । प्रधानमन्त्रीले भने, ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो । संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्नेछ ।’
प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताए । ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्रीले भने । भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया