निर्वाचन नभएमा देश सङ्कटमा: नेता लोहनी

बुधबार, मंसिर १५, २०७३ | १२:४७:४९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

पाल्पा, मंसिर १५: राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले तीन तहको निर्वाचन हुन नसकेमा देश सङ्कटमा फस्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाद्वारा बुधबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता लोहनीले जनताप्रति स्थानीय निकाय उत्तरदायी बन्नका लागि स्थानीय निकायको निर्वाचनको आवश्यकता रहेको बताएका हुन् । उनले प्रदेश र संसद निर्वाचन नभएमा देशमा ठूलो सङ्कट उत्पन्न हुनेसमेत औँल्याए ।
प्रदेश नम्बर ५ लाई राजनीतिक, आर्थिक र भौगोलिक आधारमा समेत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न नहुने बताए । मधेस र पहाडका जनताले अलग हुने माग नगरेको यो प्रदेश छुटृाउने माग कसको हो ? भन्दै उनले प्रश्न गरे । उनले पहाडी जिल्लालाई अलग गर्नु राष्ट्र, राष्ट्रिय र जनताको भावना र हितविपरितको काम भएको टिप्पणी गरे ।

प्रतिकृया