संविधान संशोधन प्रस्ताव असफल हुन्छ: एमाले

बुधबार, मंसिर १५, २०७३ | ०१:५०:५६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १५: नेकपा एमालेले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाए ।
पार्टीको प्रचार विभागले बुधबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको तर्क गरे । ज्ञवालीले भने, ‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरु काम गर्ने छैन ।’
यसैबीच, सरकारले संसद्मा मङ्गलबार दर्ता गराएको सविधान संशोधनपछिको रणनीति तय गर्न अहिले नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

प्रतिकृया