द्वन्द्वपीडितलाई थप राहत वितरण सुरू: मन्त्री यादव

बुधबार, मंसिर १५, २०७३ | ०३:०२:५७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

इलाम, मंसिर १५: शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सरकारले रु पाँच लाख राहत दिन सुरू गरेको बताएकी छन् । बुधबार इलाममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले द्वन्द्वपीडितलाई यसअघि दिइएको राहत भन्दा केही थप गर्न लागिएको बताएकी हुन् ।

द्वन्द्वपीडितलाई राहत रकम प्रदान गर्न अर्थमन्त्रालयबाट स्वीकृत भइ जिल्ला प्रशासन कार्यालय पठाइसकिएको र चाँडै पीडितले पाउने छन् मन्त्री यादवले भनिन् ।
द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माणको काम पनि अघि बढाइने छ भन्दै उनले यसका लागि ३० अर्ब बजेट आवश्यक भएको पनि बताईन् ।

प्रतिकृया