संविधान संशोधन प्रस्तावप्रति आशङ्का नगर्न आग्रह: मन्त्री नायक

बुधबार, मंसिर १५, २०७३ | ०३:५८:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १५: कानुनमन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति आशङ्का नगर्न सबैमा आग्रह गरेका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने,‘मुलुकमा विद्यमान अन्योल र अस्थिरताको अन्त्य गरी चुनावको वातावरण बनाउनका लागि सरकारले ल्याएको संशोधनको प्रस्तावमा सबैले सहयोग गर्नुपर्दछ ।’

मन्त्री नायकले देशको आन्तरिक एकतालाई बलियो बनाउन सबै जाति समुदायका भावनालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संविधान संशोधनमा सकारात्मक दृष्टिकोण राखेर सहयोग गर्न प्रमुख प्रतिपक्षी दल एमालेसंग आग्रह गरे ।

प्रतिकृया