राष्ट्रघाती संशोधन प्रस्ताव एमालेले सफल हुन दिदैन

बुधबार, मंसिर १५, २०७३ | ०४:०५:२३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १५: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफल नगरीकन ल्याइएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती रहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताए । उनले भने,‘संविधान संशोधनको प्रक्रियामा एमालेलाई एक्लो पार्न खोजेर कसरी सर्वस्वीकार्यताका हुन्छ ।’

जनमत र संविधानको भावना विपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले यसले राष्ट्रिय स्वाधिनतामा आँच आउने उनले बताए । ज्ञवालीले मध्यरातमा सरकारले प्रस्ताव ल्याउनु नै यसको नियती प्रष्ट हुने बताउँदै भने,‘यो सरकारको नियत प्रष्ट हुन्छ, मिलेर बसेको समूदायमा फाटो ल्याउनेगरि सरकारले प्रस्ताव ल्याएको छ, यो कुनै हालतमा मान्य छैन्, मिलेर बसेको समूदायकोबीचमा यो सरकारले पेट्रोल हालेर सलाई कोर्ने काम गरेको छ ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सदियैदेखि मिलेर बसेका पहाड र तराईका नागरिकलाई कसैले पनि चाहेर फुटाउन नसक्ने बताउँदै त्यसबारे सम्बन्धित क्षेत्रका जनताले नै निर्णय लिनुपर्ने बिचार व्यक्त गरे ।
राप्रपाका नेता दिलानाथ गिरीले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको धारणा व्यक्त गरे ।
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संविधान संशोधन प्रस्तावले मधेसी मोर्चाका केही माग पूरा गर्ने भएकाले त्यसको स्वागत गर्दै मोर्चाका नेताहरुले छलफल गरी आधिकारिक धारणा बनाउने बताए ।

प्रतिकृया