निर्वाचन घोषणा गरेर यसरी पारित हुदैछ संविधान संशोधन विधेयक

बिहिबार, मंसिर १६, २०७३ | ०८:५६:०३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर १६ : सरकारले निर्वाचनको घोषणा गरेर प्रमुख विपक्षी एमाले र मधेसी मोर्चा दुवैले सुरु गर्न सक्ने आन्दोलनलाई निस्तेज पार्ने रणन्ीति बनाएको छ ।
निर्वाचन घोषणा गर्दा मुख्य विपक्षी एमाले सडक आन्दोलनमा जान नसक्ने सरकारको आंकलन छ । मधेसी मोर्चा निर्वाचनमा नआएमा संविधान संशोधनको विधेयक समेत ‘तुहिने’ अवस्था बन्न सक्ने देखिन्छ ।

स्थानीय निकायको पुर्नसंरचनामा आन्दोलनरत मधेसी मोर्चाले विरोध जनाउँदै आएको छ । पुर्नसंरचनामा मधेस केन्द्रित दलले सहयोग गरेका छैनन् । सरकारले मंगलबार राति दर्ता गराएको संविधान संशोधनको विधेयकमा मोर्चाका नेताहरुले आलोचनात्मक समर्थन जनाएपनि पुर्नसंरचना सहितको स्थानीय तहको निर्वाचनमा भाग लिनेरनलिने बारे औपचारिक निर्णय गरेको छैन ।

सीमाकंनमा चित्त नबुझेमा संशोधन विधेयक हालेर आलोचनात्मक समर्थन सहित निर्वाचनमा जाने आश्वासन प्रधानमन्त्री दाहाललाई मोर्चाका नेताहरुले दिएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मधेसी मोर्चाको जस्तोसुकै निर्णय आएपनि निर्वाचनको मिति घोषणा गरेर सरकार अघि बढ्ने बताउँछन ।

‘निर्वाचनका बारेमा मोर्चासँगको धारणा बिहीबार हुने छलफलबाट प्रष्ट होला,’ श्रेष्ठले भने, ‘कुनै कारणबस मोर्चाका नेताहरुले निर्वाचनमा भाग नलिने निर्णय गरेपनि निर्वाचनलाई पर धकेल्न सकिन्न ।’

मधेसी मोर्चाले निर्वाचनमा भाग लिने निर्णय गरेमा एमाले बाहेकपनि संविधान संशोधनको पक्षमा दुई तिहाई पुग्ने दावी सरकार पक्षको छ ।

‘एमालेलाई प्रस्तावकै पक्षमा ल्याउने कसरत हाम्रो हुन्छ र चलीरहन्छ, कथमकदाचित एमाले आएन भने सरकार दुई तिहाई र्पुयाउने प्रयासमा पनि अघि बढ्छ,’ कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातयात मन्त्री लेखकले भने ।

निर्वाचनमा भाग लिने निर्णय गरिदिए संशोधन विधेयक पारित गर्न सहज हुने भन्दै सत्तारुढ दल कांग्रेस र माओवादीले मोर्चाका नेताहरुलाई आग्रह गर्दै आएका छन् । निर्वाचनमा भाग लिने मोर्चाले निर्णय गरेमा एमालेपनि संशोधनकै पक्षमा आउने तर्क सत्तापक्षीय नेताहरुको छ ।

प्रतिकृया