महिला क्रिकेट– नेपाल थाइल्यान्डसँग पराजित

बिहिबार, मंसिर १६, २०७३ | ०३:००:२१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १६: थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो हार ब्योहोरेको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा बिहिबार भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै थाइल्यान्डसँग आठ विकेटको हार बेहो¥यो ।
यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । त्यस्तै मंगलबार भएको तेस्रो खेलमा बङ्गलादेशसँग ९२ रनले पराजित भएको थियो ।
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १९ दशमलव ५ ओभरमा ६३ रन जोड्दै अलआउट भयो । जारी प्रतियोगितामा नेपालले बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले दिएको ६४ रनको लक्ष्यलाई थाइल्यान्डले १६ ओभरमा दुई विकेट गुमाउँदै आफनो लक्ष्य पूरा ग¥यो ।
तीस रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिएर ब्याटिङ गर्न सकेन । नेपालले ३८ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । नेपाली ब्याट्सवुमन ज्योति पाण्डेले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
थाइल्यान्डको जितमा सिरिन्त्राले अविजित २७ रन जोडिन भने नत्ताकानले २४ रनको योगदान दिइन । बलिङतर्फ नेपालकी सीता मगरले दुई विकेट लिइन ।
जारी प्रतियोगितामा थाइल्यान्डले पहिलो जित दर्ता गराएको हो । नेपालले भोलि शुक्रबार आफ्नो अन्तिम खेलमा भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया