डा गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिहिबार, मंसिर १६, २०७३ | ०४:३२:३३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १६: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले सो निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका हुन् ।
शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्ने बताएका छन् ।

प्रतिकृया