सुनको मुल्य आठ महिनायताकै सबैभन्दा सस्तो

शुक्रबार, मंसिर १७, २०७३ | ०८:२१:०६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर १७ : पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मुल्य ८ महिनायताकै सबैभन्दा सस्तो भएको छ।

विहीबारका लागि तोकिएको छापावाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य छ । यो चैतयताको सबभन्दा कम मुल्य हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ।
यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।

प्रतिकृया