संविधान संशोधन प्रस्ताव मुलुकै लागि कोशेढुङगा : मधेसी सांसद

शुक्रबार, मंसिर १७, २०७३ | ०८:३२:२० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मसिर १६ : कांग्रेसका झण्डै चार दर्जन मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले मंगलबार सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव मुलुकका लागि कोशेढुङगा धारणा सार्वजनिक गरेका छन् ।

विहिबार तराई र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सयुक्त हस्ताक्षर गरी जारि गरिएको प्रेस विज्ञप्तिमा संविधान संशोधन प्रस्तावको विरोध गरेर सदन अवरोध गर्नु प्रतिपक्ष एमालेको मुलुकको समस्या समााधन गर्न नचाहने स्पष्ट मनासय रहेको पुष्टि भएको जनाएका छन् । ‘मधेसका माग सम्वोधन गरी चुनावमा जानका लागि संविधान संशोधन प्रस्ताव कोशेढुङगा हुने हामीले विश्वास लिएका छौ’ सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसमा मुख्य विपक्षी दल एमालेको नेतृत्वले आपत्ती जनाउदै राष्ट्रघातको संज्ञा दिनु आपत्तीजनक छ ।’

सयुक्त विज्ञप्तिमा सरकारले संविधान संशोधन प्रस्तावा समावेश गरेको प्रदेशको सिामंकन हेरफेर गर्ने धारणा यस अघि संविधानसभामा एमाले अध्यक्ष केपी ओलीले पेश गरेको धारणा भएको जनाउदै त्यसमा विरोध गर्नु एमालेको दोहोरो मापदण्ड भएको ठहर गरेको छ ।

‘सरकारले पेश गरेको संशोधन प्रस्तावको प्रदेश सिमांकन हेरफेर दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको हस्ताक्षर भएको राजनीतिक दस्ताबेज हो, जुन तत्कालिन संविधानसभा अन्तरगतको संवाद तथा सहमति समितिमा संविधानको साझा दस्ताबेजको रुपमा प्रस्तुत गरिएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस र एमालेको त्यही साझा दस्ताबेजलाई विरोध गनृ एमालेका लागि कुनै धरातलिय आधार देखिदैन, आफैले हस्ताक्षर गरेको दस्तावेजमा एमालेले राष्ट्रघाती देख्नु उसको दोहोरो मापदण्ड हो ।’

ति सांसदहरुले आफैले हस्ताक्षर गरेर पार्टीको धारणाको रुपमा अघि सारिएको संघीयताको खाकाका आधारमा संविधान संशोधन प्रस्ताव पेश हुदा त्यसको प्रक्रियामा अवरोध गर्नु एमालेको गैरराजनीतिक र ढुलमुले चरित्र उदांगो भएको समेत विज्ञप्तीमा जनाएका छन् । विज्ञप्तिमा एमाले अध्यक्ष ओली आफै प्रधानमन्त्री भएको बेला अहिले संशोधनमा समेटिएका विषय समावेश गरेर संशोधन तयारी गरी मधेसी मोर्चाका नेताहरुलाई बारम्बार पत्राचार गरिएको स्मरण गराउदै एमालेलाई दोहोरो चरित्र नदेखाउन आग्रह गर्दै संसद अवरोध अन्त्य गरी संशोधन प्रस्ताव पारित गराउन सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले लामो राजनीतिक गतिरोध अन्त्य गर्दै संविधानले निदिृष्ट गरेको समयभित्र तीनवटै निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्वबाट विमुख नहुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।

‘अहिले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा दृढताका साथ उभिदै संसदबाट दुई तिहाई मतबाट अनुमोदन गराउन विपक्षी एमालेसहित सबै राजनीतिक दललाई सहयोगको अपिल गर्दछौ’ सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो संशोधन विधेयकले अवरुद्ध हुदै आएको राजनीतिक गतिरोध अन्त्य गर्ने हाम्रो ठहर छ ।’

विज्ञप्तिमा सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, किरण यादव, राजेन्द्रबहादुर अमात्य, रामअयोध्य यादव, गणेशकुमार मण्डल, तेजुलाल चौधरी, अनिलकुमार यादव, रामचन्द्र चौधरी, मुक्ताकुमारी यादव, संगीता मण्डल, लालबाबु सिह, मोखतार अहम्मद, प्रेमकिशोर तेली, रामचन्द्र यादव, दिनेश प्रशौला यादव, बुद्धिसागर चौधरी, चनद्रमोहोन यादव, सुनिलकुमार यादव, अनिल रुगाँटा, मधुशाही ठकूरी लगातले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया