एसिया कप क्रिकेटमा नेपालको निराशाजनक प्रदर्शन,लगातार पाँचौ हार

शुक्रबार, मंसिर १७, २०७३ | ०१:१८:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १७: एसिया कप टि–ट्वान्टी महिला क्रिकेटमा नेपाल अन्तिम खेलमा भारतसँग पनि पराजित भएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको हो ।

भारतले दिएको १ सय २१ रनको विजयी लक्ष्य भेट्टाउन मैदान उत्रिएको नेपालले १६.३ ओभरमा सवै विकेट गुमाउँदै जम्मा २१ रन बनायो ।
नेपालका लागि कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । नेपालका लागि सरिता मगरले सर्वाधिक ६ रन जोडिन् । कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र ज्योति पाण्डेले समान २–२ रन जोडे भने सीता राणा मगर र रोशनी बोहोराले १–१ रन बनाए ।
नेरी थापा, नीरा राजोपाध्याय, शोभा आले, संगीता राई र सरस्वती कुमारी खाता नै नखोली पेभिलियन फर्केका थिए ।
नेपालको यो लगातार पाँचौ हार हो । नेपाल यसअघि भएका खेलमा थाइल्यान्डसँग ८ विकेट, पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट तथा बंगलादेशसँग ९२ रनले पराजित भएको थियो ।

प्रतिकृया