सिपी मैनालीले प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले टोकेको भनेपछि…..

शुक्रबार, मंसिर १७, २०७३ | ०४:१२:५० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १७: व्यवस्थापिका–संसद्को शुक्रबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दलले अवरुद्ध गरेका छन् ।

संसद्को बैठक सुरु हुनेबित्तिकै नेकपा मालेका सांसद सिपी मैनालीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव गलत भएको धारणा राखे । तराई मधेस केन्द्रित दलका नेताहरुले बहुराष्ट्रको कुरा गरिरहेको सन्दर्भमा सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावमा ५ नं प्रदेशबाट पहाडी जिल्ला हटाउने विषय आउनु सन्देहको विषय रहेको आरोप लगाए । सांसद मैनालीले प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले टोकेको भन्ने धारणा राखेपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सांसद मैनालीले धारणा संसद्को रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाए । सांसद खतिवडाले सांसद मैनालीको भनाइ हटाउन लगातार आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसदीय मर्यादा विपरीतको धारणा हटाउन निर्देशन दिईन् । मैनालीले संसदीय मर्यादा विपरीत धारणा राखेको भन्दै सांसद खतिवडाले नियमापत्ति जनापछि काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले समर्थन गरेका थिए ।

प्रतिकृया