संविधान संशोधन प्रस्तावमा ओली चलक

बिहिबार, फाल्गुन ५, २०७३ | ०८:३९:१४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ५ : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।

बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत दिएको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । यसअघि एमालेले संविधान संशोधन प्रस्ताव पेस हुनै नदिने अडान राख्दै आएको थियो ।
संशोधन प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने पक्कापक्की भएपछि एमालेले यसलाई छलफलमा ल्याउन दिने भन्दै लचकता अपनाउन थालेको थियो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच बुधबार बिहान भएको बैठकमा संविधान कार्यान्वयनका लागि निर्वाचन अत्यावश्यक भएकोमा जोड दिँदै स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउन सहमति जनाएका छौं ’ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
एमाले र मधेसी मोर्चाबीच केही दिनयता भएका छलफलपछि एमाले मोर्चाका मागमा लचक हुँदै गएको देखिएको छ ।

प्रतिकृया