अधिवेशन सुरु नहुदै कमल थापा राप्रपा अध्यक्षमा सर्वसम्मत

बिहिबार, फाल्गुन ५, २०७३ | ०८:४८:३४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ५ : दुई पार्टी एक भएपछि हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो महाअधिवेशन सुरु हुनु अगावै कमल थापालाई अध्यक्ष बनाउने सहमति भएको छ ।

बुधबार नेता लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थलीमा बैठक बसी अध्यक्षका दाबेदार रहेका लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले थापालाई अध्यक्षमा समर्थन गर्ने सहमति जनाएका हुन्।
थापालाई अध्यक्ष बनाउने सहमति पत्रमा चन्द, राणा र लोहनीसँगै हस्ताक्षर गरेका छन्। राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालका अनुसार थापालाई सर्वसम्मत बनाउन चन्दले समन्यवकारी भूमिका खेलेका थिए। बुधबार साँझ लोहनीसँग वार्ता भएपछि तीनै नेता थापालाई अध्यक्ष बनाउन सहमत भएका हुन्। ’एकता महाधिवेशन भएकाले एकताको सन्देश जावस् भनेर प्रतिष्पर्धा बिना नै सहमति गरिएको हो’, ढकालले भने।

स्रोतका अनुसार थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिल थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए। सुनिल थापा पक्ष कमल थापालाई सहमति दिएपछि लोहनीलाई पनि सहमतिका लागि दबाब परेको थियो। राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।

प्रतिकृया