डिआईजि सिलवालको ‘मिटर व्याज’ धन्दाको प्रमाण, उनकै पत्नी अहिले सर्वोच्चमा

बिहिबार, फाल्गुन ५, २०७३ | ०८:५९:१४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ५ : डीआईजी नजराज सिलवाल बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट बुधवार खारेज भए पनि सिलवाल कति सम्म गिरेर कारोबार गर्दछन भन्ने नयाँ तथ्य फेला परेको छ । उनले गुनबहादुरसँग कारोबार गर्दा श्रीमतीलाई प्रयोग गरेको समेत खुलेको छ ।

सिलवालसँग कारोबारकै क्रममा पिडा भोगिरहेका गुनबहादुर थापाका नाताले बहिनी ज्वाँई पर्ने तेजबहादुर क्षेत्री र सिलवाल पत्नी सृजना ढकाल सिलवालको बिबाद हाल सर्वोच्च अदालतसम्म पुगेको कागजातबाटै प्रस्ट हुन्छ ।

गुनबहादुर थापाले बहिनी ज्वाँई तेजबहादुर क्षेत्रीको नबिल बैँकको खाता नम्बर २०८३२८ र ३६१०००१५ एनपिआरको चेक नं. ०२४६४४१ को साँवा र ब्याज हिसाब गरी २७ लाखको चेक नवराज सिलवालकी पत्नी सिर्जना सिलवाल ढकालको नाममा काटेका थिए । तर, विवाद बढ्दै जाँदा गुनबहादुरले क्षेत्री मार्फत पैसा फिर्ता गरे पनि सिर्जनाले चेक नफर्काई बाउन्स गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको गुनबहादुर पक्षको भनाई छ । त्यसक्रममा सिलवालले उनीसँग रहेको तेजबहादुर क्षेत्रीको नामको चेक वित्तिय एैन विपरीत बाउन्स गराएको भन्दै पद र पैसाको आडमा जिल्ला अदालत काठमाडौंबाट क्षेत्रीको नाममा रहेको काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–६ को कि.नं. २९४, २९६ र २९७ को जग्गा रोक्का गरेको देखिन्छ ।

जिल्ला अदालत काठमाडौंले सिर्जना सिलवालको पक्षमा चेक वाउन्स भएको भन्दै फैसला ग¥यो । त्यसको विरुद्ध क्षेत्री र थापा पुनरावेदन अदालत पाटन गए । पुनरादेवन अदालतबाट मिति २०७१ साल असार ३१ गते, काठमाडौं जिल्ला अदालतबाट मिति २०६९र०९र०४ मा भएको फैसला नमिलेको भन्दै फैसला उल्टिएर क्षेत्रीको पक्षमा गयो । मिति २०६६।०८।२९ मा सृर्जना ढकाललाई तेज बहादुर क्षेत्रीले चेक दिएका थिए । उक्त चेकमा साटिने मिति २०६६र०९र२९ उल्लेखित थियो ।

नवराज सिलवाल र गुनबहादुर थापा बिच भएको कारोबारका लागि भनी उक्त चेक तेजबहादुर क्षेत्रीले मात्र ग्यारेन्टीका लागि दिएको थापाले बताउँदै आएका छन् । सिलवालले रोक्का गराएका उल्लेखित जग्गा क्षेत्रीका नाममा भएपनि थापाकै लगानीमा उक्त जग्गा रहेको छ । सृजनाले उक्त चेक साटिनुपर्ने मितिबाट १५ महिना पछि मिति २०६८र१२र०१ गते बैँकमा पेश गरेकी थिइन् ।

तर, वित्तिय एैन अनुसार चेक काटीएको मितिले ६ महिना भित्र दाखिला गर्दा पर्याप्त निक्षेप नभएको खण्डमा मात्र चेक अनादार मुद्दा दाबी गर्न मिल्ने व्यवस्था छ । उक्त चेकमा चभाभच तय मचबधभच लेखिएको भए पनि बैंकको आधिकारिक छाप भने लगाइएको छैन । पुनरावेदनले पनि त्यहि कुरा उल्लेख गर्दै न्यायाधीशद्धय बाबुराम रेग्मी र द्धारिकामान जोशीको संयुक्त इजलाशले क्षेत्रीको पक्षमा फैसला ग(यो । त्यसको चित्त नबुझेपछि सिलवाल पत्नि सृजना सर्वोच्चको शरणमा पुगेकी हुन् । यसको पेशी फागुन ८ गते तोकिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

प्रतिकृया