नहुने भो फागुन १४ मा स्ववियु निर्वाचन

बिहिबार, फाल्गुन ५, २०७३ | ०३:३३:३७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, फागुन ५: त्रिविले यही फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचनको विरोधमा आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारी संगठनले भने त्यसको विरोध गरि विभिन्न क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

आज प्रमुख राजनीतिक दलका विद्याथी संगठन र विप्लव माओवादी निकट विद्यार्थीबीच निर्वाचन मिति फागुन २१ मा सार्ने सहमति भएको छ । क्याम्पहरुमा लगाएको ताला तोडेर चुनावमा जाँदा मुठभेडको स्थिति आउनसक्ने भएकाले निर्वाचनको मितिमा हेरफेर गर्ने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

प्रतिकृया