बाटो काट्न खोज्दा साइकलयात्रीको मृत्यु

बिहिबार, फाल्गुन ५, २०७३ | ०४:४१:२३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, फागुन ५: चितवनको भरतपुरमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगरबाट नारायणगढतर्फ जाँदै गरेको बा३ख २२७४ नंको मिनीबसले साइकलयात्रीलाई ठक्कर दिँदा भरतपुर उपमहानगरपालिका–२१ निवासी ५२ वर्षका रामबहादुर बयलकोटीको मृत्यु भएको हो । साइकलमा चढेर बाटो काट्ने क्रममा उनलाई बुधबार साँझ करिब ६ बजेतिर गाडीले भरतपुरको रिजालचोक नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने बस र त्यसको चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया