बम आक्रमणमा परी सिरियामा २४ जनाको मृत्यु

बिहिबार, फाल्गुन ५, २०७३ | ०४:४९:११ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

बेरुत, फागुन ५: इस्लामिक स्टेट आईएसआवद्ध टर्कीका बम आक्रमणकारीहरुले आक्रमण गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरुले मारिएका सवै नागरिक भएको बताएपनि टर्कीको सेनाले भने मारिएका सवै आतङककारीहरु भएको दाबी गरेका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राईटले हवाई आक्रमणमा उनीहरु मारिएको जनाएको छ । अल बाब क्षेत्रमा भएको सो आक्रमणमा मारिनेहरु मध्ये ११ जना बालबालिका रहेका छन् ।
टर्कीको सरकारी समाचार समिति अनाडोलुले टर्कीको सेनालाई उर्दृत गर्दै जनाएअनुसार हवाई आक्रमणमा १५ जनाको आतङककारीको मृत्यु भएको छ ।

प्रतिकृया