भारतको हाईड्रो पावर कम्पनीमा काम गर्ने ४३ नेपाली ८ महिनादेखि जेलमा

शुक्रबार, फाल्गुन ६, २०७३ | ०८:२१:३९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ६ : भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् ।
आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको हो। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए ।
तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआइटियु) को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए । हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् ।

प्रतिकृया