कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक पर्दैन: सचिव भट्टराई

शुक्रबार, फाल्गुन ६, २०७३ | ०४:२२:०१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

भक्तपुर, फागुन ६: नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान घोषणा गर्ने मुख्य राजनीतिक दलबीचको समझदारीबाट निर्वाचनका लागि अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजना भएको साक्षात्कार कार्यक्रममा उनले संविधान निर्माण गर्ने मुख्य राजनीतिक दल निर्वाचनका लागि एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताए ।

एमाले प्रचार विभागका प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले देशलाई निकास दिन र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै दलहबीच समझदारी बनाउन नसके र चुनावको मितिसमेत घोषणा गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने धारणा व्यक्त गरे ।

‘निर्वाचन गराउन नसके वर्तमान सरकारको औचित्यता समाप्त हुन्छ’ उनले भने सबै दल मिलेर निर्वाचनको वातावरण बनाई निर्वाचनमा भाग लिनुपर्छ ।’

सचिव भट्टराईले संविधान संशोधन प्राकृतिक हिसाबले मरिसकेको र प्राविधिक हिसाबले ढुकढुकी रहेको अवस्थामा व्यवस्थापिका संसद्को श्ययामा सुताइएको छ भन्दै निर्वाचनको माध्यमबाट आउँदो व्यवस्थापिका संसद्ले मात्र सो विधेयकलाई अगाडि बढाउन सकिने बताए ।

एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै उनले संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक नपर्ने बताए ।

प्रतिकृया