५० दिनभित्र एक लाख उद्यमी तयार पार्छौं: उद्योगमन्त्री

शुक्रबार, फाल्गुन ६, २०७३ | ०५:२९:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

धुलिखेल, फागुन ६: उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

‘उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ’ उनले भने ।

प्रतिकृया