यी महिलामा छ अनौठो क्षमता, सुँघेरै पत्ता लगाउछिन् क्यान्सर

मङ्लबार, चैत्र ८, २०७३ | ०८:५६:०८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी, चैत्र ८: क्यान्सर लागेपछि बिरामीमा यो रोग अन्तिम अवस्थामा पुगिसकेपछि मात्र पत्ता लागेको पाइन्छ, जसकारण उपचार असम्भव हुन्छ र बिरामीको मृत्यु हुन्छ ।

यसैको बाबजुत नेपालमा पनि बर्षेनी हजारौं ब्यक्तिहरु यसको सिकार भइरहेका छन् । तर एकजना यस्ती महिला फेला परेकी छिन् जसले कुनै मानिसलाई क्यान्सर भए नभएको कुरा सुँघेरै पत्ता लगाउन सक्छिन् । बेलायतको लण्डनमा बस्ने मेलोना नामकी करोडपति व्यापारी महिलामा यस्तो क्षमता छ । अत्तरको व्यवसाय गर्ने मेलोनाको व्यवसाय जस्तै सुँघ्ने क्षमता पनि अद्भुत छ । download

जसका कारण उनले आफ्नो व्यवसाय पनि गज्जबले अघि बढाउन सकेकी छिन् । उनको सुँघ्ने क्षमता यतिसम्म छ की उनी सुँघेरै कुने मानिसमा क्यान्सर भए नभएको समेत बताइदिन सक्छिन् । यद्यपि उनी आफ्नै पनि सन् २००३ देखि स्तन क्यान्सरबाट पीडित छिन् । यसका बाबजुत पनि उनले क्यान्सर रोग सुँघेर पत्ता लगाइदिन सक्छिन् । मानिसको सरीरुमा क्यान्सर रोगका कारण हुने रासायिनक परिवर्तन उनले सुँघेर पत्ता लगाउँछिन् । बेलायतको मिल्टन केन्सस्थित मेडिकल डिटेक्सन ड्रग सेन्टरमा उनको परीक्षण गर्दा उनमा सुँघ्ने अद्भुत क्षमता रहेको प्रमाणित भएको हो ।

उनले तेलमा मिसाइल एमाइल एसिटेट नामक रसायन दश लाख भागमा एक भाग मिसाइएको भएपनि सुँघेर पत्ता लगाउन सक्छिन् । जबकी सामान्य मानिसहरु १ हजार भागमा एक भाग उक्त रसायन मिसाइएको भएमा मात्र सुँघेर मिसावट पत्ता लगाउन सक्छन् । मेलोन सिनास्टेसिया नामक रोगबाट ग्रस्त छिन् । यो एक स्नायुरोग हो । जसमा इन्द्रियहरु ओभरल्याप हुन्छन् । अर्थात् उनी ध्वनी तथा रंगको व्याख्या गन्धको जस्तै गर्छिन् ।

प्रतिकृया