पत्यानुहुन्छ ? १ रुपैयाँमै पाइन्छ स्मार्टफोन

बुधबार, चैत्र २३, २०७३ | ०९:२७:०३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र २३ः चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको छ ।
सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ ।download

उक्त मेलामा कम्पनीले १ रुपैयाँ (भारु) मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो । यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ ।

यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिकृया