समुन्द्री जीवले यसरी तान्यो बालिकालाई समुद्रमा (भिडियो)

शनिबार, जेष्ठ १३, २०७४ | १०:१४:४० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी : अहिले सामाजिक सञ्जालमा भाईरल बनेको क्यानडाको एक भिडिया हेरेपछि जो कोहिको पनि आङ नै सिरिङ्ग हुन्छ। sea-lion-drags-girl

यो भिडियोमा एक बालिका समुन्द्रको किनारामा बसकी थिइन् त्यतिबेला एक समुन्द्री जीवले उनलाई मुखले तानेर पानीमा खसालेको छ । वासिङ्टन पोष्टको खबर अनुसार क्यानडाको पश्चिमी तटमा बनेको डकमा मानिसहरु समुन्द्री जीवलाई खानेकुरा दिएर उनीहरुको व्यवहार देखेर दङ्ग परिरहेका थिए ।

त्यहाँ रहेका समुन्द्री जीव पनि मानिसहरुले दिएको खाना खान पाएर रमाइरहेका थिए । त्यसै क्रममा एक बालिका किनारामा बसेकी थिइन्, त्यतिबेलै उक्त समुन्द्री जीव पानीबाट उफ्रेर बालिकालाई आफ्नो मुखले झटपट तानेर पानीमा लिएर गयो ।

त्यहाँ उपस्थित एक व्यक्तिले तत्काल पानीमा हाम फाले र बालिकालाई समुन्द्री जीवको चंगुलबाट निकालेर सुरक्षित बाहिर निकाले । ती बालिकालाई कुनै चोटपटक लागेन् ।

प्रतिकृया