को हुन् ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा ?

यस्तो छ राजनीतिक यात्रा :

मङ्लबार, जेष्ठ २३, २०७४ | ०६:५५:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, जेठ २३ः ७१ बर्षिय देउवा नयाँ संविधानको कार्यन्यनका लागि हुने लगातार तीन चुनाव गराउने मुख्य जिम्मेवारी बोकेर मुलुको ४० औ प्रधानमन्त्रीमा निर्वार्चित भएका छन् ।

व्यवस्थापिका संसदको देउवाले ३ सय ८८ मत सहित निर्वाचित भएका हुन् । देउवालाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए । साथै कांग्रेस नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए । नेपाली राजनीतिमा सदुरपश्चिमको अतिविकट डडेल्धुराको असीग्राम गाविकाको रुवाखोलामा जन्मिएका देउवा किशारदेखि नै विद्यार्थी राजनीतिमा होमिएका हुन् । deuba-pm

लामो जेलनेल र तत्कालिन राज्यपक्षबाट यातना भोग्नु भएका देउवा नेपाली राजनीतिमा सहमति गराउन सक्ने र निर्णय क्षमता भएका नेताका रुपमा परिचित छन् । नेपालमा सामाजिक सुधार र सिमान्तकृत समुदायको अधिकार स्थापित गराउनुभएको देउवा पिता श्रीप्रसाद देउवा र माता द्रौपदी देवी देउवाका जेठा छोरा हुन् । २००३ जेठ ३१ गते जन्मिएका देउवाकी श्रीमती सांसद डा.आरजु देउवा र एक छोरा छन् । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन र मानविकिमा स्नातक गरेका छन् ।

उनले सन् १९८९–९० मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र अध्ययन सम्न्धी प्रतिष्ठित फेलोसिप पाएर एक वर्ष अध्ययन गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य पनि हुन् । उनले २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका थिए । उनले २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म अविच्छिन्न रूपमा साढे आठ वर्षसम्म नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी फाँटको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनु हिम्मत, लगन भएका देउवा नेपालको प्रजातान्त्रिक आन्दोलनको मियोका रूपमा रहेको ऐतिहासिक राजनीतिक संगठन नेपाली कांग्रेसका सभापति हुन् । २०४८ देखि २०५१ सालसम्म गृहमन्त्रीको पद सम्हाल्नु भएका देउवाले २०५२ देखि २०६१ सम्मको एक दशकको छोटो अवधिभित्र तीनपटक मुलुकको प्रधानमन्त्री पद सम्हालेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । ५५ वर्षभन्दा लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएर नेपाली कांग्रेसको राजनीतिमा समर्पित देउवा १३ औं महाधिवेशनबाट अत्यधिक मतले सभापति पदमा विजयी बनेका हुन् । 31

उनले विद्यार्थीकालदेखि नेपाली कांग्रेसले आह्वान गरेको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनका क्रममा पटक–पटक गरी १० वर्षभन्दा बढी समय विभिन्न जेलमा बिताएका छन् ।  जननिर्वाचित प्रधानमन्त्री देउवालाई २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरी शासनसत्ता आफ्नो हातमा मात्र लिएनन्, फगत प्रतिशोधका आधारमा १० महिना नजरबन्दमा समेत राखेका थिए । उनले मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि भएका सबै आमनिर्वाचनमा विजय हासिल गरे । तीनवटा संसदीय निर्वाचनमा आफ्नो गृहजिल्ला डडेलधुराबाट र २०६४ मा डडेलधुरा र कञ्चनपुर–४ र २०७० मा डडेलधुरा र कैलाली–६ समेतबाट अत्याधिक मतले निर्वाचित भई संविधानसभामा प्रतिनिधित्व गरेका हुन् ।

२०५३ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले बहुचर्चित र विवादास्पद बनेको टनकपुर सन्धिलाई प्रतिपक्ष एमालेको समेत सहयोगमा दुई तिहाइ बहुमतले पारित मात्र गराउनु भएन, नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको पानीमा दुवै देशको बराबर हक लाग्ने गरी सम्झौता गर्न सफलता प्राप्त गरे । आफ्नै पार्टीका पूर्ववर्ती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा टनकपुरबारे भारतसँग सहमति वा सम्झौता के हो भन्ने विषयमा सत्ता र प्रतिपक्षबीच ठूलो विवाद भएको थियो । टनकपुर–सम्झौतासँग जोडिएका अन्योल र विवादको अन्त्य गर्दै नेपालको हित हुने गरी समाधान गरेर उनले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख बढाए । आफ्नो कार्यकालमा मूल्य–अभिवृद्धि कर लागू गरी मुलुकको आर्थिक वृद्धिदरमा ठूलो टेवा पुर्याएका देउवाकै प्रधानमन्त्रीत्वकालमा सन् २००२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिसम्पन्न बनाउने विधेयक तर्जुमा भई संसद्बाट पारित भएको थियो ।

पिछडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट राजनीतिमा स्थापित हुनु भएका देउवाले देशका पिछडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास–प्रक्रियाको मूल धारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गर्ने प्रयत्न गरेका थिए । उनकै पालामा कमैया मुक्तिको घोषणा हुनुका साथै मुक्त कमैयाहरूलाई पुनःस्थापित गरिएको थियो । त्यसका साथै प्रधानमन्त्रीका हैसियतमा उनले भूमिहीन आदिवासी थारूहरूलाई जग्गा उपलव्ध गराउने र सीमान्तकृत वर्गका जनतालाई सुविधा दिने विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका थिए ।

देउवाले २०५८ सालमा देशमा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमिनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गरेका थिए । उनको नेतृत्वमा संसदले मुलुकी ऐनको ११औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराएको थियो । साथै, उनले पूर्व पश्चिम राजमार्गको कोहलपुर–वनवासा खण्डमा कर्णाली–चिसापानीलगायत २२ वटा पक्की पुलको निर्माण गराई मुलुकका बाँकी भागबाट अलग–थलग रहेको सुदूरपश्चिमाञ्चललाई राष्ट्रिय यातायात सञ्जालसँग जोडेका थिए ।

उनकै पालामा विशेष वर्ग, लिंग तथा समुदायका हितका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन गरिएको थियो ।

प्रतिकृया