आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर

बिहिबार, असार १, २०७४ | ०८:१७:४४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार १ः नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । 1489985945_Tribhuvan-International-Airport-International-Terminal

अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको जी टु जी कार्यक्रमअन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो । पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शंकास्पद सूचीमा रहेकामाथि निगरानी गर्नु हो ।

नेपाल आतंकवादीको ट्रान्जिट हुन सक्ने आशंका शक्ति राष्ट्रहरूले व्यक्त गरिरहेका बेला नेपाल सरकारले सम्भावित आतंकवादीको आवागमन रोक्न ‘पाइसेजु विभिन्न अध्यागमन नाकामा जोड्ने निर्णय गरेको हो ।

पाइसेज अमेरिकी सरकारले बनाएको सफल सुरक्षा पद्धति मानिन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया