गुगलबाट यसरी पाइन्छ २ करोडभन्दा बढीको पुरस्कार !

बुधबार, असार ७, २०७४ | ०९:३४:२४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । इन्टरनेट जाइन्ट गुगलले प्रयोगकर्तालाई २ करोडभन्दा बढीको पुरस्कारको घोषणा गरेको छ ।

आफ्नो सेक्युरिटीलाई उत्कृष्ट बनाउनका लागि उसले पुरस्कार घोषणा गरेको हो । यसका लागि गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा बग (एक किसिमको भाइरस) खोज्नुपर्ने हुन्छ ।images

गुगलले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइडमा बग भेट्टाउने रिसर्चरलाई २ लाख डलर पुरस्कार दिने घोषणा गरेको हो । गुगलको अपरेटिङ सिस्टममा रेनसमवेयर र जुडी भाइरसको आक्रमण भएपछि उसले यस्तो घोषणा गरेको हो। पछिल्लो समय एन्ड्रोइडमा यस्ता आक्रमण भएपछि गुगलको सुरक्षाको निकै आलोचना भएको छ।

साइबर सेक्युरिटी फर्म चेक प्वाइन्टका अनुसार गुगलको प्ले स्टोरबाट १ करोड ८० लाखसम्म संक्रमित एप डाउनलोड भएका छन् ।

प्रतिकृया