सार्वजनिक गाडीमा एनटीसीको ‘फ्रि वाईफाई’

सोमवार, असार १२, २०७४ | ०९:२०:३० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार १२ः नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक गाडीमा ‘एनटी बस इन्टरनेट सेवा’ सोमबारदेखि सञ्चालनमा आएको छ ।

देशभर सञ्चालन हुने लामो तथा छोटो दूरीका गाडीमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् ।

सेवा सुरुवातले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडियो लगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन् ।

सेवा देशका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका गाडीमा प्रयोग गर्न सकिनेछ ।

प्रतिकृया