देशभर राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

बिहिबार, असार १५, २०७४ | ०६:५३:१७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार १५ः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । देशका बिभिन्न भू भागमा रोपाई गर्दै धान रोप्नुका साथै दहि चिउरा खाएर मनाईएको छ । 1498727166583_BP_Pkr_290617_tourist

कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ । नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । 19511331_1417471431672162_7673032922048728640_n

गतवर्ष ललितपुरको लेलेमा धान रोपाइँ गरी औपचारिकता प्रदान गरिएको थियो । जिल्ला कृषि विकास कार्यालय, भक्तपुरको आयोजनामा आज १४ औँ राष्ट्रिय धान दिवस भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ राष्ट्रिय धान दिवस सुरु गरेको हो । 19511070_1417471681672137_4371153283000991417_n1498723969662_ND_Chitwan_290617_hilo kheldai

यस्तै, कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरामा रोपाइँ महोत्सवको गरियो । पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आएकोे रोपाइँ महोत्सवको १४ औं संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिएको हो । 19554768_1417472141672091_4050344671110361574_n

यसैगरी स्याङजा पुतलीबजार न.पा. वडा नं ३ स्थित गैरीखेतमा पनि धान दिवस मनाईएको छ । धान दिवस कार्यक्रममा पुतलीबजार न.पा. की मेयर सिमा क्षेत्री, उपमेयर महेश पुरी, कांग्रेस जिल्ला सचिव कुमार राना लगायतले धान रोप्दै हिलो छेपेका थिए । 19247713_1417470798338892_4323208934239233141_n1498735498515_SG_Myagdi_310117_IMG_9039

 

तस्विरः रासस/डिजिटल स्रोत

प्रतिकृया