ट्रम्पले जर्मनीमा बस्ने होटल नपाएपछि …

सोमवार, असार २६, २०७४ | ०६:४९:४७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार २६ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीको ह्यामवर्गमा निकै समस्या झेल्नु परेको छ । ह्यामवर्गमा आयोजित जी २० मा सहभागी हुन जाँदा ट्रम्पले बस्ने होटलसम्म नपाएको समाचारमाध्यमले जनाएका छन् । Donald-Trump-Waving-Walking-Away-900

जर्मनीका स्थानीय समाचार माध्यमका अनुसार ह्यामवर्गको ‘फोर सिजन्स होटल’ ले ट्रम्पलाई कोठा उपलब्ध नगराएपछि उनी लज्जित भएका थिए ।

शहरकै ठूलामध्येको होटलमा बस्न नपाएपछि ट्रम्प ह्यामवर्गको संसद भवनमा र उनका कर्मचारी अमेरिकी दूतावासमा बसे । उनले जी २० मा सहभागी अन्य नेतासँग भेटघाट गर्नुअघि होटल बुक गराउन ढिला गरेकाले ह्यामवर्गमा ठूलो होटल नपाएको समाचारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाको राष्ट्रपति र आफैं कयौं ठूला होटलका मालिक भएपनि ट्रम्पले समयमा ध्यान नदिदाँ यस्तो समस्या खेप्नुपरेको टिप्पणी गरिएको छ ।

प्रतिकृया